share 207 काठमाडौं । राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलमा राखिएको ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली फेला परेको छ। घटनामा संलग्न एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर रहेका छन्। आइतबार राति प्रहरीलाई उक्त ट्याक्सीमा अवैध हातहतियार रहेको विशेष सूचना आएपछि छापा मारिएको थियो। तलासीका क्रममा बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा ७ थान पेस्तोल, ६ म्याग्जिन, एसएलआरमा प्रयोग हुने ३३ राउण्ड गोली, ह्याण्डसेटको ब्याट्रीलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी थप अनुसन्धान भइरहेको छ। पोस्टको नेभिगेसन जेनजी आन्दोलनमा आगजनी, तोडफोडका तस्बिर र भिडियो पठाउन प्रहरीको आग्रह आमाको हत्या अभियोगमा जेनजी आन्दोलनका भाइरल युवा पक्राउ