काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन्।

बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी कमिटी बैठकबाट पारित प्रस्ताव अनुसार हालको केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका हुन्।

पार्टी स्रोतका अनुसार प्रचण्डले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र संरचना चयन गर्ने तयारीसहित प्रस्ताव अघि सारेका हुन्। केन्द्रीय समितिबाट अनुमोदन भएमा अध्यक्षसहित हालका सबै कमिटी औपचारिक रूपमा विघटन हुनेछ।

यो प्रस्ताव पारित भएमा माओवादी केन्द्र विशेष महाधिवेशनतर्फ अघि बढ्नेछ भन्ने बुझिएको छ।