share 297 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। मन्त्री घिसिङसँगै सहरी विकास सचिव गोपाल सिग्देलले पनि सो क्षेत्रमा स्थलगत अवलोकन गरेका थिए। गल्छी क्षेत्र काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने मुख्य स्थान भएकाले उक्त क्षेत्रको विशेष निरीक्षण गरिएको हो। निरीक्षणका क्रममा मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती तथा बागमती नदी कोरिडोरलगायत स्थानहरू अवलोकन गरी नदी किनारका बस्तीहरूको अवस्थाबारे जानकारी लिए। सो अवसरमा उनले नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरे। पोस्टको नेभिगेसन विपद् जोखिममा तयारी रहन गृहमन्त्रीको निर्देशन ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान