share 234 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपमा लुकाएर ल्याइएका ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्। अख्तियारले बिहीबार टंगालस्थित केन्द्रीय कार्यालयमा महरालाई बोलाएर लामो समयसम्म बयान लिएको हो। आयोगका स्रोतका अनुसार महरासँग सुन तस्करीमा संलग्न व्यक्तिहरूका साथको सम्भावित सम्पर्क र सरकारी निकायमा गरिएको भनसुन सम्बन्धी प्रश्न सोधिएको थियो। अख्तियारका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा भने, “महरासँगको बयान अनुसन्धानको निरन्तरता हो। यो चरणमा आयोगले प्रमाण संकलनमा ध्यान केन्द्रित गरेको छ।” पोस्टको नेभिगेसन मन्त्री घिसिङद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान