share 274 काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत चार जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रममार्फत आज इलाम, पाँचथर र सङ्खुवासभाका विभिन्न स्थानबाट महिलाहरूको उद्धार गरिएको हो। इलामको माईजोगमाई–५ सिरसिरे, सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट गर्भवती महिलाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी झापाको बी एन्ड सी अस्पताल तथा विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा पुर्याइएको मन्त्रालयले जनाएको छ। यो उद्धार कार्यक्रम दुर्गम तथा स्वास्थ्य सेवा सहज रूपमा नपुग्ने क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूलाई सुरक्षित स्वास्थ्य उपचारमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो। पोस्टको नेभिगेसन ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा मानवीय क्षति : मन्त्री घिसिङ ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे सुदन गुरुङ, भएन दर्ता