share 310 काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । जेनजी अगुवा गुरुङसहित सोमबार दिउँसो जाहेरी दर्ताका लागि प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरी स्रोतका अनुसार जाहेरी दर्ता भने गरिएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति गठन भइसकेकाले जाहेरी लिन नमिल्ने भन्दै प्रहरी अधिकारीहरूले उनीहरूलाई फर्काइदिएका हुन् । ‘उहाँहरू जाहेरी लिएर आउनुभएको थियो, छलफल पनि भयो,’ एक प्रहरी स्रोतले भन्यो, ‘तर जाहेरी दर्ता गरिएको छैन ।’ जेनजी आन्दोलनकारीहरूले सोमबारदेखि ‘केपी ओली एरेस्ट’ नामक अभियान सुरु गरेका छन् । पोस्टको नेभिगेसन नेपाली सेनाको हेलिकप्टरमार्फत चार गर्भवती महिलाको उद्धार ओली र लेखकविरुद्ध जाहेरी दर्ता नभएपछि सुदन गुरुङको चेतावनी, प्रहरी उच्च सतर्कतामा