share 240 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकविरुद्ध जाहेरी दर्ता नहुँदा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सडकबाटै प्रतिकार गर्ने चेतावनी दिएका छन् । गुरुङसहित आन्दोलनकारी टोलीले सोमबार काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा पुगेर ओली र लेखकविरुद्ध जाहेरी दर्ता गराउने प्रयास गरेको थियो। तर प्रहरीले जाहेरी नदर्ता गरेपछि उनीहरू आक्रोशित बनेका हुन्। गुरुङले जाहेरी नदर्ता हुनु राज्यको चरम अन्याय भएको आरोप लगाउँदै भने, “यदि कानुनी बाटो बन्द गरिन्छ भने हामी सडकबाटै देखाएर छोड्छौं।” उनको चेतावनीपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ। विशेषगरी आन्दोलन प्रभावित क्षेत्र र सरकारी निकाय वरिपरि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि जेनजी आन्दोलनले ओली र लेखकले गरेको अभिव्यक्ति र गतिविधिलाई ‘आन्दोलनविरोधी षड्यन्त्र’ भन्दै कानुनी कारबाहीको माग गरेको थियो। जाहेरी नदर्ता भएपछि आन्दोलन अझ चर्किने संकेत देखिएको छ। पोस्टको नेभिगेसन ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे सुदन गुरुङ, भएन दर्ता गृहमन्त्रीलाई प्रहरीको सुझाव : लुटिएका हतियार चलाउन सक्ने अपराधी बाहिरै छन्, प्रदर्शन रोक्नुस