काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा राजनीतिक परिस्थिति सम्बन्धमा विस्तृत ब्रिफिङ दिएका छन्। सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा उनले पछिल्ला घटनाक्रम, संसद् पुनर्स्थापनाको माग र राजनीतिक दलहरूको धारणा बारे छलफल गरेका हुन्।
बैठकमा प्रचण्डले संसद् पुनर्स्थापनाको एजेन्डा मुलुकलाई झन् अस्थिरतामा धकेल्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार हालको अवस्थालाई उल्ट्याएर पुनः पुरानो संरचनातिर फर्कनु समाधान होइन, बरु राजनीतिक संक्रमण लम्ब्याउने काम मात्र हुनेछ।
“पुनर्स्थापनाको कुरा अहिले देशले बहस गर्ने विषय होइन, यसले अनावश्यक द्वन्द्व निम्त्याउने खतरा छ,” प्रचण्डले बैठकमा भनेका थिए।
बैठकमा नेताहरूले समसामयिक राजनीतिक स्थिति, विपक्षी दलहरूको रणनीति र सरकारको आगामी कदमबारे पनि राय दिएका थिए। पार्टीले निकट भविष्यमै विस्तृत राजनीतिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको छ।

