काठमाडौं । सामाजिक अभियन्ता युवराज सफल ले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाली’ का संस्थापक सुधन गुरुङ विरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन्।
सफलले जाहेरीमा उल्लेख गरेका छन् कि बालेन र सुधनले हालका अभिव्यक्ति र गतिविधिबाट संविधान, राज्यसंस्था र राष्ट्रिय प्रतीकप्रति अपमानजनक व्यवहार गरेको र जनतालाई राज्यविरुद्ध उत्तेजित गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
उनका अनुसार, सिंहदरबार लगायत सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र त्यसपछि सार्वजनिक रूपमा गरिएको ‘राज्यसत्ताविरुद्धको अभिव्यक्ति’ राजद्रोहको परिभाषाभित्र पर्छ।
यसबीच, बालेन र सुधन दुवै पक्षका समर्थकहरूले सामाजिक सञ्जालमा एकअर्काप्रति तीव्र प्रतिक्रिया र समर्थन अभियान चलाइरहेका छन्, जसले मुद्दालाई अझै चर्चाको केन्द्रमा पुर्याएको छ।

