share 271 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक बोलाएको छ। असोज २२ गते बसेको बैठकको निरन्तरताका रूपमा आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो। रास्वपाका अनुसार बैठकमा पार्टीको आगामी विस्तारित बैठकका एजेन्डा तथा व्यवस्थापन, विपद् व्यवस्थापनमा पार्टीको भूमिका, नयाँ अभियान र ‘सद्भाव यात्रा’ कार्यक्रमका विषयमा छलफल हुनेछ। हालै पार्टीभित्र कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन शाह पार्टीमा मिसिने तयारी भइरहेको भन्ने हल्ला चलेको थियो। तर रास्वपाका शीर्ष नेताहरूले ती समाचारमा कुनै सत्यता नभएको बताएका छन्। उनीहरूका अनुसार पार्टीभित्र यस्ता विषयमा कुनै औपचारिक छलफल समेत भएको छैन। रास्वपाले पछिल्ला राजनीतिक परिवर्तन् र सामाजिक मुद्दाहरूसँग सम्बन्धित विषयमा सक्रियता बढाउने तयारी गरेको बताइएको छ। पोस्टको नेभिगेसन केपी ओली र सीके राउतबीच गुण्डुमा भेटवार्ता सरकारले सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिने