share 162 काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा रहेका सुरक्षाकर्मी घटाएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा अब भूपू सैनिक, भूपू प्रहरी र पार्टी निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले गर्ने भएका छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले शुक्रबार एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्। उनका अनुसार, ओलीको सुरक्षालाई राजनीतिक आस्थाभन्दा माथि उठेर ‘राष्ट्र र जनताको जिम्मेवारी’ का रूपमा लिइएको हो। “यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा जनता स्वयं उभिएका छन्,” बस्नेतले भनेका छन्। सरकारले केही दिनअघि पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री र अन्य उच्चपदस्थ व्यक्तिहरूको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरू कटौती गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि एमाले कार्यकर्ताहरूले ओलीको सुरक्षा व्यवस्थामा स्वेच्छाले सहभागी हुने तयारी गरेका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेनालाई खटाउने निर्णय गरेका थिए। पोस्टको नेभिगेसन सरकारले सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिने शीतलनिवासमा सर्वदलीय बैठक सुरू