मालावी । मावलीका उपराष्ट्रपति सवार बेपत्ता विमान भेटिएको छ । प्रधानमन्त्री लाजारुस चक्वेराले यसको जानकारी दिएको हो ।
उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार सेनाको एउटा विमान बेपत्ता भएको थियो । सोमबार बिहान राजधानी लिलोङ्वेस्थित विमानस्थलबाट उडेको केही बेरपछि मलावी डिफेन्स फोर्सको सो विमान सम्पर्कविहीन भएको थियो । विमान उड्दा मौसम खराब थियो । बेपत्ता विमान भेटिएको र विमानमा सवार कोही पनि जीवित नभेटिएको चक्वेराले बताएको छ । मंगलबार पत्रकार सम्मेलनमा चक्वेराले खोजी र उद्धार कार्य पूरा भएको र विमान भेटिएको जानकारी मलावी डिफेन्स फोर्सलाई सूचित गरेका थिए । उद्धार टोलीले विमान पूरै ध्वस्त अवस्थामा फेला पारेको बताइएको छ ।
मालावीमा राष्ट्रपति र उप-राष्ट्रपति अलग-अलग पार्टीका हुन् । तर सन् २०२० को निर्वाचनको समयमा गठबन्धन गरेका थिए । ५१ वर्षिय चिलिमा चार दिन अघि निधन भएको सरकारका पूर्व मन्त्री राल्फ कासाम्बाराको अन्त्येष्ठीमा सहभागी हुन जाँदै थिए । सो विमानमा पूर्व फर्स्ट लेडी शानिल दिजिम्बिरी पनि सपार थिइन् । विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेको थियो । विमान उत्तरी सहर मजुजुमा अवतरण हुनेवाला थियो । तर भिजिबिलिटी कमजोर भएकोले विमान बिचबाटै फर्किएको थियो । चिलिमा सन् २०१४ देखि मालावीको उप-राष्ट्रपति थिए ।
मालावीका युवा पुस्तामाझ उनी निकै लोकप्रिय थिए । तर सन् २०२२ घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए । गएको महिना उनीमाथिको मुद्दा अदालतले खारेज गरेको थियो ।

