share 264 रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी-सेभेनले सहमति गरेका छन् । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छन् । यो रुसको लागि ‘हामीहरू पछाडि हटिरहेका छैनौँ’ भन्ने अर्को चेतावनी हुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ रहेको छ । यो सम्झौताको नतिजा निकै पीडादायक हुनेछ भनेर रुसले भने चेतावनी दिएको छ । यो वर्षको अन्त्यसम्ममा पैसा आउने आशा छैन । तर यसलाई युक्रेनको रुस विरुद्धको युद्धको तयारी गर्न र त्यहाँको अर्थतन्त्रलाई टेवा दिन दीर्घकालीन समाधानका रूपमा हेरिएको छ । इटलीमा जारी जी-७ को शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबिच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य र तालिम सहयोग गर्ने कुरा गरिएका छन् । तर यसमा युक्रेनमा युद्ध लड्नका लागि आफ्नो सेना पठाउन अमेरिका बाध्य रहेको भनेर भनिएको छैन । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता युरोपेली सङ्घसमेत जी-७ले रुसको करिब ३ खर्ब २५ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिदिएका थिए । यो सम्पत्तिले बर्सेनि तीन अर्ब डलर ब्याज पनि कमाइरहेको छ । यो रकम युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइएको ५० अर्ब डलर ऋणको वार्षिक ब्याज भुक्तानीमा प्रयोग गरिने बताइएको छ । #एजेन्सी पोस्टको नेभिगेसन को बन्लान् इरानमा भावी राष्ट्रपति ? छोरालाई दिइएको सजाय माफ गर्दिन : बाइडेन