share 260 लमजुङ । गए रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थानमा आवतजावत र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पोस्टको नेभिगेसन बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध कास्कीमा मंगलबार राती पहिरोले २ जनाको मृत्यु