share 213 काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमाण्डमा देश अघि बढ्ने बताएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताए । प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहहेको उनको जिकिर थियो। उनले भने, ‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ । त्यस हिसाबले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन । यो सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन। भत्काउन नसक्ने गरी छ, तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला।’ उनले भने, ‘नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्नेकुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरूको हो। सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ ।’ पोस्टको नेभिगेसन छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड चीन भ्रमण गरेर फर्किएपछि के भन्छन् नेकपाका पोलिटब्यूरो सदस्य माइला लामा ?
प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहहेको उनको जिकिर थियो। उनले भने, ‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ । त्यस हिसाबले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन । यो सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन। भत्काउन नसक्ने गरी छ, तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला।’ उनले भने, ‘नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्नेकुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरूको हो। सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ ।’