उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागेको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा प्रहरीले सजाय माग गरेको छ ।

प्रतिकसँगै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त बेचन झालाई पनि आजै अदालतमा पेस गर्दै छ । झा शनिबार पक्राउ परेको हो ।