भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ । यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेको थियो ।

कांग्रेस-एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।