‘संविधानलाई नै डिरेल हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस-एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, प्रचण्डको भनाइ उदृत गर्दै उपमहासचिव हरिबोल गजुरेलले बताए ।
बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।
ओलीसँगको भेटमा राजीनामा नदिने बरु आफूले संसदमा विश्वासको मत फेस गर्ने बताएको पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरेको गजुरेलले बताए । सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए ।