share 298 काठमाडौंं । बुधबार नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामापत्र बुझाएका हुन् । उनीहरुले राजीनामा दिँदै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए । बुधबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो । तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएको छ । प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराएको हो । सोमबार मध्यरातमा नेपाली कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएको छ । एमाले-कांग्रेसको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको बताएको छ । पोस्टको नेभिगेसन सभापति रविले बैठकमा प्रस्ताव रोकेको मुकुल ढकालले गरे मिडिया मार्फत सार्वजनिक महामन्त्री मुकुल ढकाललाई पदबाट आजै बर्खास्त गर्ने रास्वपाको तयारी
उनीहरुले राजीनामा दिँदै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए । बुधबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो । तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएको छ । प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराएको हो । सोमबार मध्यरातमा नेपाली कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएको छ । एमाले-कांग्रेसको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको बताएको छ ।