घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सोमबार १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, सोमबार १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा प्रति तोला ५ रुपैयाँले घटेर मंगलबार  १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।