share 236 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनर्गठनबारे छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीसहित दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएको छ । मोर्चा पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए । सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेको हो । यसअघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्रायस रहेको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए । पोस्टको नेभिगेसन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई वितरण गर्यो ३ प्रकारका परिचयपत्र, यस्ता छन् सुविधा संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउनु पर्दैन : प्रचण्ड
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीसहित दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएको छ । मोर्चा पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए । सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेको हो । यसअघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्रायस रहेको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।