काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले सरकारसँग डराएर मिलेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै प्रचण्डले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।
अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा धेरै ठूलो लगानी रहेको उनले बताए । उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ती साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा धेरै ठूलो लगानी छ ।’