share 278 काठमाडौं । प्रतिनिधिसभामा विश्वास गुमाएसँगै पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेको छ । प्रचण्डले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको प्रस्तावसम्बन्धी मतदानको परिणाम बारे राष्ट्रपतिलाई जानकारी गराउँदै नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गर्ने बताइएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा संविधानको धारा १०० (२) मा रहेको व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। तर, सो प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएको हो । पोस्टको नेभिगेसन प्रधानमन्त्री प्रचण्डको आक्रोशपूर्ण चेतावनी (पूर्णपाठसहित) संविधानको धारा ७६(२) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान