share 235 काठमाडौं । हिजो त्रीशुली नदिमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बसको आज पनि खोजीकार्य भइरहेको छ । सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी थालिएको हो। डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालन गरिएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन् । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौं आउदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा २४ जना यात्रु सवार थिए । शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरोसँगै दुबै बस त्रिशूलीमा खसेर बेपत्ता छन् । उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका थिए । पोस्टको नेभिगेसन हालसम्म बाढी-पहिरो लगायतका विपद्मा परी १०३ जनाको ज्यान गयो सिमलताल दुर्घटना अपडेट : हालसम्म १४ जनाको शव भेटियो
डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालन गरिएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन् । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौं आउदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा २४ जना यात्रु सवार थिए । शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरोसँगै दुबै बस त्रिशूलीमा खसेर बेपत्ता छन् । उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका थिए ।