share 269 सांकेतिक तस्बिर काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेको अवस्थामा छ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार रीत शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ति सुन्दास, पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्दलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको अधिकारीले जानकारी दिए । पोस्टको नेभिगेसन रवि लामिछाने संलग्न कम्पनीले सहकारीबाट ६३ करोड ऋण खुलासा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेको अवस्थामा छ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार रीत शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ति सुन्दास, पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्दलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको अधिकारीले जानकारी दिए ।