काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।  कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएका हुन् ।

आइतबार बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । तर देउवा भने चार जना मन्त्री दिन इच्छुक नरहेको बताइएको छ ।

त्यसैगरी, कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले सोमबार अरु मन्त्रीको टुंगो लगाउने श्रोतले बताएको छ ।