share 265 काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे शपथ लिने भएको छ । प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार अपराह्णमा प्रधानमन्त्री नियुक्त भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेको थियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको हो । पोस्टको नेभिगेसन सभापति देउवालाई शेखर कोइराला पक्षले बुझायो चार मन्त्रीको नाम संविधान संशोधन होइन खारेज गर्नुपर्छ : मोहन वैद्य