दुर्घटनाको पाँचौँ दिनसम्म आइपुग्दा १७ वटा शव फेला परेको खोजीकार्यमा जुटिरहेको सशस्त्र प्रहरीले जनाएको छ । भेटिएका १७ शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटा शव पहिचान हुन बाँकी छ । सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाका शव छन् ।

 

सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन् । शुक्रबार भएको सो घटनापछि सोमबार (असार ३१ गते) मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण सार्वजनिक भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा. प्र ०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहे थिए भने काठमाडौंबाट गौर जाँदै गरेको बा. प्र. ३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ।

गणपति बसका तीनजना यात्रु हामफलेर बाँच्न सफल भएका छन् । हराएका बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन् ।

भेटिएका मृतकहरुको विवरण