share 262 काठमाडौं । धादिङको बेनिघाटबाट गोरखा जोड्ने बेनिघाट-आरुघाट सडकखण्डस्थित ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ । यसबाट गोरखाका भीमसेन थापा गाउँपालिका-७ र शहीद लखन गाउँपालिका-९ को यातायात सम्पर्कबिच्छेद भएको हो । गत वर्ष मात्रै निर्माण भएको डाइभर्सन पुल एक वर्ष नहुँदै बाढीले बगाएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याबिन वाल’ पनि बगाएको छ। भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् । त्यसैगरी, सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ। पोस्टको नेभिगेसन वीरगञ्ज महानगरले एञ्जल डिलक्स बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न उपकरणसहितकाे भारतीय टोली आउँदै
काठमाडौं । धादिङको बेनिघाटबाट गोरखा जोड्ने बेनिघाट-आरुघाट सडकखण्डस्थित ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ ।