share 260 काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीमा उपकरणसहितको भारतीय टोली परिचालन गरिने भएको छ । त्यसका लागि भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि दुर्घटना क्षेत्र सिमलताल आउदै छ । शनिबार नै घटनास्थल आइपुगेर टोलीले काम थाल्ने जनाएको छ । गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । ६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन । शवहरू चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी ब्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३-००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो । पोस्टको नेभिगेसन बाढीले पुल बगाउँदा बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध सिमलताल दुर्घटनामा हराएका मध्ये २५ जनाको शव फेला, एन्जल बसका मालिकसहित १७ जनाको भयो सनाखत
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीमा उपकरणसहितको भारतीय टोली परिचालन गरिने भएको छ ।