share 241 काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये १७ जनाको सनाखत भएको छ । एन्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको हो । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् । फेला परेका शव र सनाखतको सूची- पोस्टको नेभिगेसन त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न उपकरणसहितकाे भारतीय टोली आउँदै दब्ल्याङमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध, स्थानियलाई सास्ति