share 285 काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ। पोखरा महानगरपालिका-१५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका-७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पूर्णबहादुर लगायत ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई पोखरा महानगरपालिका-१५ क्रान्तिटोल नजिकै २०७१ असार ६ गते ४२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोस्टको नेभिगेसन काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखेपछि अनुसन्धान गर्दै प्रहरी दाङमा बञ्चरो प्रहारबाट २ महिलाको हत्या गर्ने थवाङका घर्ती पक्राउ