सुभा । फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई एक वर्षको जेल सजाय तोकिएको छ । भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनलाई सो सजाय तोकिएको हो ।
उनी फिजीका हाई प्रोफाइल राजनीतिज्ञमध्ये एक हुन् । सन् २०२२ अघिसम्म १५ वर्षसम्म उनी प्रधानमन्त्रीका रुपमा रहेका थिए । प्रशान्त क्षेत्रका देशहरुमा जलवायु परिवर्तनको असरबारे विश्व मञ्चमा लबी गर्ने उनी शीर्ष प्रतिनिधि समेत हुन् ।
बिहीबार अदालतले फैसला सुनाएपछि उनलाई हतकडी लगाएर लगिएको थियो । विश्व विद्यालयमा भएको ठगी काण्डमा प्रहरी छानबिनमा खलल पुर्याएको भन्दै गत महिना उनीमाथि अभियोग चलाइएको थियो ।