share 259 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आज पोलिटब्युरो समितिको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुने स्रोतले बताए छ । बैठकमा सो पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने जनाएको छ । पूर्वघोषित समय तालिकाअनुसार एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुनेछ । पोस्टको नेभिगेसन जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुतर्क कुरा हुन्: प्रचण्ड प्रचण्ड सरकारबाट बाहिरिदै जसपा नेपालले लिए समर्थन फिर्ता