काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज बस्ने प्रतिनिधिसभाको बैठकमा बोल्न दिने भएका छ । नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए । उनले गृहमन्त्रीले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने बताए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष वु्द्धिमान तामाङलगायतका नेताहरु सहभागी थिए ।
शुक्रबार कांंग्रेसको आह्वानमा बसेको बैठकमा प्रतिपक्षी दलहरुबीच सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनबारे छलफल भएको थियो । सो छलफलबाट दलहरु सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि एकमत समेत भएका थिए ।