share 250 काठमाडौं । सोमबार ऐतिहासिक रेकर्ड राखेको सुनचाँदीको मूल्यमा मंगलबार भने गिरावट आएको छ । मंगलबार प्रतितोला १२ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ ५५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । मंगलबार चाँदी तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पोस्टको नेभिगेसन सुनको भाउले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो प्रतितोला? घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?