जुन 24, 2026
राष्ट्रिय

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

 

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० थियो । बिहिवार भने घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजावी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । हिजो तोलामा १९ सय कायम रहेको चाँदी आज १८ सय ६५ रुपैयाँ कायम छ ।

 

जवाफ लेख्नुहोस्