Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे सम्पत्ति विवरण

ग्लोबल ग्यालेक्सी न्युज ८ जेठ, २०८१

गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे सम्पत्ति विवरण
share 127

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

 

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ-८ मा ५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा पारिश्रमिकबाट किनेको उल्लेख छ ।

रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिका-७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ । सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको र अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ ।

गृहमन्त्री रविका नाममा ग्लोबल आइएमई बैंकमा ५ हजार र नेपाल बैंकमा १ लाख ५ हजार गरी एक लाख १० हजार रुपैयाँ रहेको र निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम रहेको उल्लेख गरेको छ । निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।

निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

 

सम्बन्धित खबर

ताइवान वरपर चीनले गर्यो सैन्य अभ्यास

ताइवान वरपर चीनले गर्यो सैन्य अभ्यास

संविधान दिवस तीन दिनसम्म मनाइने

संविधान दिवस तीन दिनसम्म मनाइने

सहकारी छानबिन प्रकरणका लागि बनेका कार्यदलको बैठक कानुन मन्त्रालयमा बस्दै

सहकारी छानबिन प्रकरणका लागि बनेका कार्यदलको बैठक कानुन मन्त्रालयमा बस्दै

अखिल (क्रान्तिकारी) का संयोजक राई पक्राउ

अखिल (क्रान्तिकारी) का संयोजक राई पक्राउ

ताजा समाचार

  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
  • टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
    टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
  • टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
    टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
  • जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
    जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.