Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
राष्ट्रिय

गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे सम्पत्ति विवरण

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 223

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

 

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ-८ मा ५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा पारिश्रमिकबाट किनेको उल्लेख छ ।

रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिका-७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ । सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको र अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ ।

गृहमन्त्री रविका नाममा ग्लोबल आइएमई बैंकमा ५ हजार र नेपाल बैंकमा १ लाख ५ हजार गरी एक लाख १० हजार रुपैयाँ रहेको र निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम रहेको उल्लेख गरेको छ । निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।

निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

 

पोस्टको नेभिगेसन

कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जारी भएको पक्राउ पुर्जी रोक्न सर्वोच्च पुगे सिरोहिया

Related Post

राष्ट्रिय

आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

४ महिना अगाडि ४ महिना अगाडि ४ महिना अगाडि
राष्ट्रिय

प्रचण्डको सचिवालयले ‘दुई ट्रक पैसा लगिएको’ दाबी प्रमाणित गर्न चुनौती

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
राष्ट्रिय

नेपाल सरकारले एडीबीबाट १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

२ हप्ता अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ हप्ता अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

२ हप्ता अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

४ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline