काठमाडौं । कोशी प्रदेश सरकारमा आएको विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएका छन् । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी तोकिएका हुन् ।
कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गरेको थियो ।
धारा १६८ को उपधारा ५ सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकोले हटाउने निर्णय असंवैधानिक भएको उनले जिकिर गरेको छ ।