share 241 काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले सोमबार दाबी पेश गर्ने भएको हो । कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दल मिलेर नयाँ सरकारको दाबी गर्न लागेको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेको हो । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएको छ । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले बताए । पोस्टको नेभिगेसन बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै कांग्रेस, मुख्यमन्त्रीमा लामाको सम्भावना बलियो बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा
कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दल मिलेर नयाँ सरकारको दाबी गर्न लागेको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेको हो । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएको छ । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले बताए ।