कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दल मिलेर नयाँ सरकारको दाबी गर्न लागेको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेको हो ।

प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएको छ । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले बताए ।