हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेको हो ।
नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।