share 587 काठमाडौं । बहुचर्चित सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ मङ्गलबार कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए । ‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ’, उनले भने । सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम सार्वजनिक गर्न चाहेनन् । तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए । सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो । पोस्टको नेभिगेसन जुवा खेलिरहेको अवस्थामा दश लाखसहित ९ जना पक्राउ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पुरुषोत्तम शर्मासहित ९ जना पक्राउ