काठमाडौं । हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने कलाकार पुरुषोत्तम शर्मासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका-८, गौरीघाटबाट शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुलाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । शर्मासहित भीमबहादुर साम्बाहाम्फे, उत्तमप्रसाद राई, वीरबहादुर राई, अनिश तामाङ, ठूला तामाङ, बुद्धिकुमार राजभण्डारी, दीपक खड्का, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेको प्रहरीले जनाएको छ । साथै उनीहरुका साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले उनीहरुलाई काभ्रेको बनेपा नगपालिका-१२ स्थित राजु महतको कोठाबाट जुवातास खेल्दै गर्दा प्रक्राउ गरेको थियो । ‘सक्किगो नि’ मा पुरुषोत्तम आचार्यले निभाएको प्रहरी इन्सपेक्टरको भूमिकालाई दर्शकले रुचाएका छन् ।