share 1,478 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका-९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको हो । साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए । उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिए । मगरले दिएको बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’ पछि निष्कासनमा परेका थिए । पोस्टको नेभिगेसन हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पुरुषोत्तम शर्मासहित ९ जना पक्राउ दुर्गा प्रसाईं पक्राउ