काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमितसहित पाँच थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो शेयर, सी-आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइने जनाएको छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डीम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आईपीओ भर्न चाहिने सी-आस्वा रजिष्ट्रेसन नम्बर र जेबिएनएल सेक्युरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा समेत उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरैमा बसी आवश्यकता अनुसार माथी उल्लेखित सुविधा प्रयोग गर्न सकिनेछ । यी सेवा बैकको ३५४ वटा शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।
नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यो योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यो योजनामा सामेल हुन सकिने बैंकले जनाएको छ ।