share 870 काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको थियो । प्रहरीका अनुसार दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको छ । डीएसपी रिजाल भन्छन्, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’ पोस्टको नेभिगेसन बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु बारामा बस दुर्घटना हुँदा ४३ जना घाइते, आठको अवस्था गम्भीर