काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । जसमध्ये आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति करिब १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो । स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ ।

सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशहवाले जानकारी दिए।