share 586 काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । जसमध्ये आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति करिब १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो । स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ । सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशहवाले जानकारी दिए। पोस्टको नेभिगेसन सूर्यमुखी तेल बोकेर ललितपुर आउदै गरेको ट्रक त्रिशूलीमा खस्यो, ट्रक चालक मोबाइल स्विचअफ गरि सम्पर्क बिहिन घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता