धादिङ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने घट्टेखोलाले मोटरसाइकल बगाउँदा ६ वर्षीय सायरा तामाङ बेपत्ता भएको छ ।
धादिङवेशीबाट घर फर्किने क्रममा शुक्रबार मोटरसाइकलसहित बालिका बगाएको हो । चालक र सायराकी अभिभावक भने पौडिएर बाँच्न सफल भएको जनाएको छ । धादिङवेशीबाट दोभानखर्कस्थित घर फर्किदै गर्दा बाइकसहित चलाक, सायरा र उनकी अभिभावकलाई बगाएको थियो ।
बेपत्ता सायराको स्थानीयद्वारा खोजी कार्य भइरहेको गजुरी-८ का वडाध्यक्ष देवराज ओझाले बताए ।
विस्तृत विवरण आउन बाकी छ