काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ ।
सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । पहिरोको जोखिमका कारण पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ ।
संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र ट्राफिक परिचालन गरेर पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी होल्ड गर्नेगरी व्यवस्थापन गरिएको एसपी सुवेदीले बताए ।