सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।
हायसबाट १० जनाको शव निकालिएको छ । आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ । बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो ।
उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ ।